हे राम ! धोई पखाल्ने कि धोबी चुटने ?

सनातन = सर्वकाले सना प्रोक्ता विद्यमाने तनीति च । सर्वत्र सर्वकालेषु विद्यमाना सनातनी ॥ इतिहास (इतिह ‌+ आस) ‍= यसरि भएको थियो , This is how it happened, धर्म = कर्तव्य, मानसिक भाव, (religion?)

जनताको नाममा राजगद्दी त्यागे

१. राजा हुंदा बरु शान थियो, मान थियो, सम्मान थियो अहिले त केहि पनि छैन, त्यो हामिले बनाएको एउटा संस्था छ – राष्टपति भन्ने….. नेता न आकाशबाट खस्छन् न उम्रिन्छन्….के गर्ने ? हामीलाई नै धोई पखालि….. चलाउनुस् रे ! कुनै बेला ढाडमा टेकेर टाउकोमा हान्ने घमण्ड थियो, अहिले बल्ल पो यहाँ पुग्यो त । समयले हेर्ने- देख्ने अवसर दिनेनै छ यस्मा पूर्ण श्रद्धा छ ।

यो पनि जनताकै नाममा

२. तर मूलकुरो हामी राजनितिको यस्तो स्तरमा झर्यौँ कि राजनितिकर्मिले आम नेपालीलाई Represent गरेको कत्ति पनि सुहाएन । पद्दतिले पात्रको परिकल्पना गर्दछ, पात्रले आफ्नो संस्कारको आधारमा कार्म गर्दछ, संस्कार संस्कृतिबाट सिक्दछ, संस्कृति सभ्यता अनुसारको हुन्छ । सभ्यता देश काल अनुसारको ज्ञान, दर्शन, इतिहास, कलाद्वारा झल्कन्छ । परम्पाराले सभ्यता, संस्कृति, संस्कार अनुसारको पद्दति अवलम्बन गर्दछ । अतः पात्र र पद्दति माटो सुहाउँदो (Organic) भएमात्र तालमेल हुन्छ । तराइमा फल्ने धान हिमालमा कति फल्छ होला वा हिउँ चितुवा तराइका जँगलमा कति बाँच्छ होला ?

मास्कले के छोप्ने हो प्रम ज्यु ?
उता त मुख पो रैछ!

३. अल्पमत भनुँ वा Silent Majority को पिडा भनेको देख्दा देख्दैको अन्याय नदेखे झैँ गर्नुपर्ने ! मानि दिनु पर्ने, चित्त बुझाइ नबुझाइ उकुस मुकुसमा बाँच्नु पर्ने । धोबी चुटनुपर्नेलाइ धोइ पखालेर पनि मान्नु पर्ने । किनकि तिनको आधार अन्ध भक्त कार्यकर्तामा छ तसर्थ सुपात्रमा चाहिने योग्यता, क्षमता वा नैतिकताको आधारले तिनलाइ छुँदैन । स्याउ र सुन्तला दाँजे जस्तो । दुबै आकारमा झण्डै मिलेपनि तुलानाको गुण दोषको मापदण्ड नै नमिल्ने । अब त ढिलो भएन र खै ? हामि नेपालीले बाँचुञ्जेल यिनकै रमितामा बिताउने कि, केहि आधुनिक युगको समसामायिक जिवनस्तर (Contemproray lifestyle) का लागि चाहिने सेवा (Services) र पूर्वाधार (Infrastructure) बनाउनेतिर पनि सोच्ने ?

३ दिन सोल्टिमा जे भयो !

४. यो हाम्रै हातमा छ। त्यसकोलागि हामि हरेकले पहिला आफ्नो आत्मशुद्धी (Self-cleansing) गर्नु जरुरि छ । किनभने कुपात्रको योग्यता अपराध गर्ने नयाँ नयाँ तरिका, जुगाड सिकाउन सक्छ न कि देशको शासनसत्ता चलाउन । हाम्रो पद्धती अनुसारको पात्र चयन पटक्कै मिलेन । किनकि हामिकहाँ चुन्ने जनता हैन कार्यकर्ता छन् – लट्ठी भएपनि बाँचुन्जेल पक्का । आत्मशुध्दी गरे मात्र गुण दोषको आधारमा चयन गर्ने सामर्थ्य आउँछ । यसका लागि होलि वाइन (Holy Wine) पनि खानु पर्दैन ।

५. हामिले – All we need to do is to Un-learn पराइ दासत्व and Re-learn सनातनी स्वाभिमान। हाम्रो आत्मशुध्दी नितान्त व्यक्तिगत चाहना हो । अरुले सहजिकरण बाहेक के नै गर्न सक्ला र ? कार्यकर्ताबाट जनतामा Convert हुनु पर्यो ! त्यो पनि आफै । कर्ता कारयिता चैव प्रेरकश्चानुमोदकः । सुकृते दुष्कृते चैव चत्वारः समभागिनः ॥ गर्ने, गराउने, प्रेरणा दिने र अनुमोदन गर्ने बराबरका भागिदार हुन्छन् । लाजनिति गर्नेलाइ नेता चुन्ने अनि दोष उसको मात्रै देख्ने – बिल्कुलै मिलेन । चुन्ने जनताको पनि बराबरको दोष छ ।

पहिलो काम

६. अझै भ्रम छ भने कृपया आ- आफ्नो इतिहासको मनन् गरौँ न । बिगत तीन दशकमा हाम्रा राम्रा भनिएका हरेक कामका परिणाम लगभग १८० डिग्री उल्टो पायौँ । पार्टिगत व्यवस्था पार्टिगत गुण्डा ग्याँङ्ग (Gang) जस्ता भए । तिनले आफ्नो व्यक्तिगत स्वार्थका लागि लड्ने झगड्ने जनताले तिनको लडाइको दर्शक बन्दिनुपर्ने तर जहिल्यै तिनैबाट लुटिने मात्र ।

विपन्नलाइ सहयोगको नाममा

७. लौ भएन गणतन्त्र पो चाहिन्छ अनि हुन्छ रे भन्ने पश्चिमि उन्नत ज्ञान र पैशा आयो, अनि बाइसे चौबिसे टुक्रा जोडेर बनाएको देश घोप्टा -चेप्टा भाग लगाए । कतिले त ४ वर्ष सम्म पनि आफ्नो टुक्राको न्वारन गर्न सकेका छैनन् । त्यसैगरि देशको सनातन सभ्यता, धर्म, संस्कृति पनि बिभिन्न भाग लगाए । देशैभरि धर्मान्तरणको व्यापार खुबै फष्टाइरहेछ । काठमाण्डौँ मन्दिरै मन्दिरको सहर पनि चर्चै चर्चको मा परिवर्तन हुँदैछ । बिगतका बिभिन्न आन्दोलनले के मागेको अनि के पाएको ? तिँ आन्दोलनको पनि जनाधार चाँहि रहेन छ । ग्याँङ्गहरु आपसमा मिल्दा धेरै भीड देखिएको मात्रै रहेछ ।

God ले कुरा सुनेन ?

८. Un-learn and Re-learn त ठिकै छ तर यो DIY (do it yourself), Self-help guide मा अभ्यस्त भइसकेका हामि, कसले- कहाँबाट – के – कसरि गर्ने त ? जटिल प्रश्न छ । हो जटिल छ त्यै भएर प्रश्न गरौँ नत्र सहि के गलत के हो कसरि थाहा पाउने त ? विश्वास मात्रले त अन्धभक्त कार्यकर्ता मात्रै बनाउँछ । आजभोलि युरोप अमेरिका तिर सनातानी परम्पराको अभ्यास आपसे आप बढदो छ । तर हामिकहाँ हजारौँ वर्ष देखिको सनातनी परम्परा बेचेर ईशाइहरुको विश्वास (Belief) भित्र – भित्र घुसाइदै छ। ईशाइ वा मुस्लिम हरुको मा प्रश्न गर्ने छुट छैन- केवल विश्वास गर्ने हो । केवल अन्धभक्त रिलिजियस (Religious) कार्यकर्ता बन्ने । स्मरण रहोस् यो विश्वासलाइ श्रद्धा सम्झिने गल्ति नहोस् ।

यस्तो पो ? झुठको खेति कहिले सम्म ?

९. प्रचण्डले चितवनमा Converted क्रिश्चियनहरुको कार्यक्रममा बोले – कम्युनिष्टहरुको धर्म क्रिश्चियन हो । हो कम्युनिष्टका कार्यकर्ता र Converts मा एउटै समानता छ – अन्धविश्वास र सनातनी सभ्यतासंग दुश्मनि। अनाहूतः प्रविशति अपृष्टो बहुभाषते । अविश्वस्ते विश्वसति मूढचेता नराधमः ॥ ( जो न बोलाए पनि घरभित्र पस्छ, न सोधे पनि बढि बोल्छ त्यसको विश्वास गर्नलायक हुँदैन । मूर्ख, दुष्ट तथा अधम मानिसले मात्रै त्यस्ताको विश्वास गर्दछ )। के नेपाली जनता मूर्ख वा अधम हुन ?

सुग्रीवको एटलस- पूर्व

१०. प्रश्नको उत्तर जस्तो भएपनि विना आधार (Basis) त्यो पुष्टि हुँदैन । आधारको मापदण्ड (Benchmark) हुन्छ । किनकि छान्ने चुन्ने भनेकै भएका विकल्पलाइ मापदणडको तराजुमा जोख्नु हो । अतः त्यस्तो आधार र मापदण्ड सकेसम्म पूर्ण (in all aspects) भए दोष रहित (Faultless) हुन्छ । अतः आउँदा दिनमा नेता छान्नु अगाडि त्यो नेताको आचरण केलाउँ, Role Model संग दाजौँ र निर्णय गरौँ । तर एउटा राजनेतालाइ राजनेतासंग दाँज्दा एउटा perfect वा near perfect वा दोष रहित Role Model को त ? यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः । स यत्प्रमाणमं कुरुते लोकस्तदनुवर्तते ॥३ -२१॥ श्रेष्ठ (महत्वपूर्ण) व्यक्तिले जस्तो – जस्तो आचरण गर्दछ जनसाधारणले पनि त्यस्तै गर्दछन् । जस्तो मापदण्ड (standard) तिनले निर्माण (set) गर्दछन् सारा जगतले त्यहि अनुकरण गर्दछ। श्रीमद्भगवद्गीता, ३-२१ ॥

पेरु उदयाचल

११. अरुको गुण दोष सजिलै देखिन्छ तर आफ्नो आङको भैँसि पनि कम जिम्मेवार चाँहि होइन है । त्यसर्थ रोलमोडेल संग तुलना गर्दा आफ्नो योग्यता पनि जाँचौँ । अर्काको योग्यता जाँच्नको लागि जति सजिलै एउटा Matrix बन्दछ त्यो एक एक व्यक्तिमा लागु हुँदैन । किनकि धेरैले एउटै Scale, प्रकृया प्रयोग गर्नु र एउटा Outcome को लागि मान्छे पिच्छे अलग – अलग प्रकृया ? कसरि मिल्छ ! उपाय के त ? अरुलाइ दाँज्ने Scale प्रयोग गर्दा सार्वभौम धर्मको सिद्धान्त Goodness (सदाचार) NOT Greatness मा टेकेर गर्दा मात्र त्यो Matrix सबैले अलग-अलग समानरुपमा केलाउन सकिन्छ। Goodness मापनको को उपाय यस्तो हुन सक्द छ । भूतानां प्राणिनः श्रेष्ठाः प्राणिनां बुद्धिजीवनः । बुद्धिमत्सु नराः श्रेष्ठा नराणां सात्त्विकाः स्मृताः । सात्त्विकेषु विद्वांसः विद्वत्सु कृतबुद्धयः । कृतबुद्धिषु कर्तारः कृर्तृषु ब्रह्मवेदिनः ॥ १. रुख विरुवा प्राणि मध्ये प्राणि श्रेष्ठ, २. प्राणि मध्ये बुध्दि भएका प्राणि श्रेष्ठ, ३. बुद्धि भएका प्राणि मध्ये मानिस श्रेष्ठ, ४. मानिस मध्ये ईमानदार (सत्वगुणि) मानिस श्रेष्ठ ५. सात्त्विक मध्ये विद्वान श्रेष्ठ, ६. विद्वान मध्ये काम गर्न जान्ने श्रेष्ठ, ७। गर्न जान्ने मध्ये कर्ता श्रेष्ठ, र ८. कर्ता मध्ये ब्रह्म ज्ञानि (शुद्ध आत्मा) श्रेष्ठ ।

Role Model

१२. आदर्शव्यक्ति – रोलमोडेलको पहिलो खुडकिलो नै सदाचार हो । तर सदाचार मानसिक भाव हो जुन शूक्ष्म रुपमा हुन्छ, अतः सदाचारलाई शूक्ष्म रुपमै बुझ्नु नितान्त जरुरी छ । जस्तै हाम्रो सनातन धर्ममा देविदेवताका धेरै हात, गोडा, टाउका भएको रुपमा देख्छौँ । किनकि देविदेवता सबैतिर सबैचिजमा विद्यमान हुने हुनाले अमुक देवताका सबै गुण (Attributes) देखाउने तरिका हो यो ।

१३. एउटा आदर्श पुरुषको मापदण्ड बनाएर १६ वटा विशिष्ट गुण सम्पन्न यो संसारमा को व्यक्ति होला भनि जान्न खोज्दा मुनि वाल्मिकिले २४,००० श्लोकको रामायण सृजना गर्नु भयो । रामायण (रामको यात्रा) को सुरुवात नै यस्तै प्रश्नबाट भएको छ । जुन यसप्रकार छन् । तपः स्वाध्यायनिरतं तपस्वी वाग्विदां वरम् । नारदं परिपप्रच्छ वाल्मीकिर्मुनिपुङ्गवम् ॥१-१-१॥ को न्वस्मिन्साम्प्रतं लोके गुणवान्कश्च वीर्यवान् । धर्मज्ञश्च कृतज्ञश्च सत्यवाक्यो दृढव्रतः ॥१-१-२॥ चारित्रेण च को युक्तः सर्वभूतेषु को हितः । विद्वान्कः कः समर्थश्च कश्चैकप्रियदर्शनः ॥१-१-३॥ आत्मवान्को जितक्रोधो द्युतिमान्कोऽनसूयकः ।कस्य बिभ्यति देवाश्च जातरोषस्य संयुगे ॥१-१-४॥ एतदिच्छाम्यहं श्रोतुं परं कौतूहलं हि मे । महर्षे त्वं समर्थोऽसि ज्ञातुमेवंविधं नरम् ॥१-१-५॥ हे महर्षि नारद, यो लोकमा यस्ता गुण भएको मानिस कोहि भए तपाइ थाहापाउन समर्थ हुनुहुन्छ र मलाइ यो सुन्ने साह्रै कौतुहल छ ।

खै नेपाल ?

१४. गुणवान् (गुण सम्पन्न) २. वीर्यवान् (शक्ति भएको) ३. धर्मज्ञः (धर्म जान्ने) ४. कृतज्ञः (धर्म अनुसार कर्म गर्ने ) ५. सत्यवाक्यः (सत्य बोल्ने) ६. दृढव्रतः (सत्यमा अडिग) ७. चरित्रेण युक्तः (सत्चरित्र भएको) ८. सर्वभूतेषु हितः ( सबै प्राणिको हित चाहने) ९. विद्वान् (सर्व ज्ञानि) १०. समर्थः (आँटेको गर्न गराउन सक्ने) ११. एक प्रियदर्शनः (जसलाइ देख्दा, हेर्दा आनन्द आउँछ (approachable) १२. आत्मवान् (साहसी) १३. जीतक्रोधः (रिषमाथि विजय गरेको) १४. द्युतिमान् (तेजस्वी – brilliant) १५. अनुसूयकः (ईर्ष्या रहित) १६. जातरोषस्य बिभ्यति देवाः (जो संग निहुँ खोज्न – रिष उठे पछि – देवता पनि डराउँछन्। के यस्तो व्यक्तिको नेतृत्वको शासन हाम्रो भाग्यमा होला त ?.. जस्तो लाग्दैन । तर तुलनात्मक हिसावले राम्रो त अवश्यै पाइन्छ नि । त्यो तवमात्रै सम्भव हुन्छ जब जनताले नेताका गुण दोष केलाउन सुरु गर्दछन् । अन्धभक्त कार्यकर्ताले त्यो गर्दैनन् ।

राम राम

१५. उपरोक्त लक्षणहरु एउटा ideal condition हो । यहि कारण हो हामिले श्रीरामलाइ पुरुषोत्तम (पुरुषहरुमा उत्तम) मानेर पूजा गर्दछौँ । हाम्रा धर्मशास्त्रले मानिसको चरित्रलाइ विशेष महत्व दिन्छ । र युगौँ युगसम्म सदाचार मापनको विशिष्ट Tool/Template का रुपमा रहन्छ । भगवान् रामको बारेमा नसुनेको त को नै होला र ? तर हामि यहि सभ्यताका सन्तान भएकाले यो Knowledge त हाम्रोलागि सामान्य दालभात जस्तो Commonplace हुनु पर्ने होइन र ? तर दुर्भाग्य त्यस्तो छैन, किन ?

१६.चरित्र निर्माण एउटा प्रकृया (Process) हो जसको आधार बाल्यकालमा कम से कम १२ वर्षको उमेर भित्र नै दरो बनाउनु पर्छ । हाम्रो शिक्षा प्रणालीनै आयातित (Imported) अनि Output oriented छ । जहाँ कसैले कति अङ्क ल्यायो, वा कति पैशा कमायो त्यसलाइ महत्व दिइन्छ न कि त्यसले कसरि कमायो भनेर । बिगत ३० वर्ष देखि हाम्रो समाजमा, सरकारमा, संघ-संस्थामा, व्यपारमा, सबै तिर, भ्रषटाचार, आचरणहीनता बढदो छ । यो क्रम रोक्न सकिएन भने हामि कहिलेसम्म कति स्वतन्त्र वा विकशित वा इतिहास हुनेछौँ छर्लङ्ग छ । वा आफ्नो विशिष्ट सभ्यता विर्सिदै जाँदा अहिले हामि ईशाइ र मुसलमानहरुको धर्मान्तरण व्यवसाय (Conversion business) को सिकार हुँदै छौँ । शिक्षा क्षेत्रमा लागेका सबैले र साना केटाकेटि हुनेहरुले मनन गर्नै पर्छ । Catch them young or lose them for life !

छिमेक मा

१७. लगभग १२०० वर्ष यता लगातारको इस्लामिक र क्रिश्चियन आक्रमणको सिकार सनातन (Sattology – सत्य) धर्मलाइ पश्चिमि हरुले उनको धर्म – religion – को आधारमा व्याख्या गरिरहेका छन् । तिनले परिकल्पना गरेको मानव सभ्यताको सुरुवात मानेको समय भन्दा हजारौँ वर्ष अगाडि देखि सनातनीहरुका – आज सम्म पनि बेजोड कला र कौशल दर्शाउने – मन्दिर तथा वैदिक ज्ञानको भण्डारबाट Inferiority ले त्रस्त भएर सनातनलाई Mythology (मिथ् ओलोजि – काल्पनिक विषय) घोषणा गरिदिए । सत्य, राम्रो, वैज्ञानिक सबै पश्चिमि र तिनि हरुको भन्दा हजारौँवर्ष पुरानो सनातन सभ्यतालाइ यहि सभ्यताका राजनैतिक नेतृत्वलाइ प्रभावमा पारेर आम मानिसको पहुँचबाट टाढा बनाइदिए ।

१८. हामि नेपाली आफैमा विदेशिबाट शासित नभएपनि यो आक्रमणबाट भरपूरमात्रामा पिडित छौँ । अहिलेको हाम्रो भ्रष्ट नेतृत्वले तिनिहरुको नितिलाई हाम्रो समाजमा झन संस्थागत गर्दै लगिराखेको छ । चेतनाभया । यो विषयमा नेपाल र भारतको पिडा एउटै छ । झन भारत त इश्लामिक Extremism बाट देशै टुक्रिएको सबैका अगाडि प्रमाण छ ।

मौलिक

१९. न हि कल्याणकृत्कश्चिद्दुर्गतिं तात गच्छति ॥ भ. ६-४० ॥ शुभ कार्य गर्ने मनुश्यको दुर्गति हुँदैन । सत्य आफै मासिएर पनि जाँदैन, केहि आशाका किरण देखिन थालेकाछन्। हाल आएर विदेशमा वसेका केहि भारतीय Professional हरुले सनातन मिथोलोजि नभएर सत्तोलोजि अर्थात साँच्चिकै सत्य भएको प्रमाणित गरेर सबैका अगाडि छर्लङ्ग गरिसकेकाछन् – लगातार नयाँ नयाँ प्रमाण स्थापित गर्दैछन् । सनातन सभ्यतामा मिथ्याचारलाई पाप मानिन्छ र महत्व दिँइदैन अतः सनातनमा सत्य मात्र छ। नासतो विद्यते भावो नाभावो विद्यते सतः । श्रीमद्भगवद्गीता, ॥२-१६॥ (न असत्य Exist गर्छ न Non-existent सत्य हुन्छ) । इति ॥

Leave a Comment

माटो सुहाउँदो आधार विनाको पूर्वाधार

आधार‍‍‌ = आश्रय, स्थीति (समय वा स्थानमा)

राज्य शासन प्रणालीको आधार के ? हाम्रो नागरिकताको आधार के ? हाम्रो सामाजिक जीवनयापनको आधार के ? यिं विभिन्न आधार कस्ले निर्धारण गर्ने ? त्यस्तो आधारको प्रमाण के हुने ? सामान्य अर्थमा आधार व्याख्या गारिरहनु पर्ने शब्द नभएपनि आधार विना केहिपनि सम्भव देखिदैन । हामी पृथ्वीमा आधार खोज्छाैँ जसको आधार साैर्यमण्डलको गुरुत्वाकर्षणमा छ । अर्थात आधारको पनि आधार हुन्छ र यो क्रम प्राकृतिक रुपमा निरन्तर चलीरहन्छ ।आधारको देखिने भौतिक स्वरुप भन्दा नदेखिने प्रमाणरुपि लक्षणस्वरुप विशेष महत्व राख्दछ । अर्थात् आधारलाइ प्रमाण र प्रमाणलाइ आधार चाहिन्छ । अनि प्रश्न किन त ? जब जब प्राकृतिक आधारलाई कृत्रिम तरिकाले बङ्ग्याउन खोजिन्छ तब तब यस्ता प्रश्न स्वतः उब्जन्छन् ।

आजभोलि हामीकहाँ यस्ता थुप्रै प्रश्नहरुको उत्तर खोजिदै छ । किनकि उ (?) बेलामा सबै अरु (बिदेशी) ले गरिदिए, हाम्रा देशका ठेकेदार ज्यु हरुलाइ भ्याइ नभ्याइ थियो, हतार थियो, दम्भ थियो, घमण्ड थियो । आधारभूत सवालहरुमा सार्वजनिक चिन्तन्, मनन्, – discussion, गरेर निरुपण गर्नु आवश्यक ठानिएन । नेता भइ टोपल्ने हरुले जे पनि जान्ने र बताउने चलन पुरानै हो । वहाँ हरुको दिव्य ज्ञान रेडियोले दिनभरि फलाक्छ । तिनका धेरै जसो अनुयाइले त व्यक्तिगत स्वतन्त्र तरिकाले सोच्नै विर्सिसके । एकातिर खानदानि विचार अर्कोितिर ज्ञानको रटान । विगतमा तिनका बा वा परिवारको कुनै सदश्य कुनै राजनीतिक बिचारधाराको समर्थक थियो भने त्यो तिनको खानदानि विचारधारा मानियो । भलै त्यसको Original स्वरुप भने ह्रास भइसक्यो । नया अवतारमा सहि गलत छुट्याइ रहन न पर्ने भो । आफूसंग मिल्नेले भने, गरे ठीक नत्र वेठीक।

आगोले पोल्छ भनेर थाहा भएको तर घरमा आगोलागे पनि ननिभाउने वा आफ्नो वचाउ नगर्नेले त आगोले पोल्ने ज्ञान दिने माैका पनि पाउँदैन । वर्तमानमा यस्ता केहि यस्ता पक्षहरु जसले सामाजिक तथा राष्ट्रीयस्तरमा प्रभाव पारिराखेका छन् र तिनको समाधान गर्न अब पनि माैका गुमायाैँ भने संधैका लागि अवसर गुम्ने प्रायः निश्चित छ । पुनर्वित्तं  पुनर्मित्रं  पुनर्भार्या  पुनर्मही  | एतत्सर्वं  पुनर्लभ्यं  न शरीरं  पुनः पुनः || यो शरीरको निश्चित अवधि छ, धन सम्पति फेरि फरी पाइए पनि यो शरीर फेरि पाँइदैन । हरेक विहान उठदा आयुबाट अर्को एकदिन गुमि सकेको हुन्छ । चेतनाभया ॥

हो चिन्तन् गर्ने तर यत्रोविधि गरेर के चाँहि हुन्छ त? Sustainability! Yes, Social Sustainability. हामीले हाम्रा पूर्वजबाट के के कस्तो कस्तो अवस्थामा Inherit गर्याैँ र हामी पछिको पुस्ताले हामीबाट कुन अवस्थामा पाउने त? हामी बिग्रेको सुधारेर जाने कि ठिकठाक चलिराखेकोलाई बिगारेर जाने ? कुरो जम्मा यत्ति हो । हाम्रो रोजाइ के हुने – Accidental life (संघर्षरत – unpredictable) कि Life by design – (सरल अनि predictable) ? हाम्रो जीवनकालमै सुध्रिएको हेर्न पाइयोस, र हाम्रा छोरा छोरीले आफ्नो Existence का लागि हामी भन्दा बढि संघर्षपूर्ण हैन उत्तम जीवन विताउन् भन्ने चाहन्छाैँ भने त्यसकोलागि चाहिने दृश्य – अदृश्य आधार तयार गर्नु हाम्रो कर्तव्य – धर्म हुन आउछ । हामीले नगरे कस्ले गर्ने ? सिद्धान्ततः बिभिन्न मत होलान्, सबैले आफूलाइ prove गर्ने कोशिस गर्लान् त्यो स्वाभाविक पनि हो । सबै एकनास समान – Equal हैन Unique हुन्छन्।

अमूर्त – Abstract – अदृश्य कुरो पनि जीवनयापनसंग सरोकार र सम्बन्ध राख्छ भने भाैतिक (फिजिकल ) साधनले त सामान्य दैनिकिलाई Effective, efficient वनाउन विशेष अर्थ राख्द छ । तसर्थ हाम्रो जीवन कति सहज कति सरल कति उत्साहित कति उत्पादक तथा कति अर्थपूर्ण छ यस्ता सबैकुरा हाम्रो त्यस्ता भौतिक साधन श्रोतमा कतिको सहज, संख्यात्मक र गुणात्मक पहुँच छ त्यसले निर्धारण गर्दछ । यिँ सबैकुरा एक- एक जनाले आ-आफ्नो लागि अलग-अलग निजी त बनाउन सक्दैन । तसर्थ समाज, राज्य, राष्ट्रको अवधाराणा छ । त्यस्तो राज्यचल्ने संयन्त्र, विधि विधान हुन्छ । यिँ पनि सडक, अस्पताल जस्तै पूर्वाधार त हुन् नि । जसको आधार व्यक्त अव्यक्त नियम, आचरण, मर्यादा, इतिहास, परम्परा, संस्कारमा हुन्छ। यस्तो विशिष्ट संयन्त्र चलाउने, साना ठूला सबै कोहि प्लाष्टिकको कुर्सि माथि त कोहि स्टेजमा, पिर्के राजा हुनमा आफ्नो बढप्पन् ठान्न थाले । हामीलाई हाम्रै नेताले भेडाबाख्रा जस्तो बनाइदिए । एकबार हैन बारम्बार ! हामी कस्तो चाम्रो ? Resilient कि Brainwashed ? अधम् आधारमा ठडिएका, जोडिएका पूर्वाधार उत्तम जीवनको साधन हुदैन रहेछन् – देखियो भोगियो । चेतनाभया ॥

विगत ३२१ वर्षमा ( ई. स १८०० यता) जम्मा ११५ वटा सरकार भएछन् नेपालमा । पहिलो ४२ वर्षमा १० वटा, त्यसपछिको १०४ वर्षमा १७ वटा, अर्को ३८ वर्ष ३५ वटा र विगत ३० वर्षमा ५३ वटा । बहुदलीय प्रजातन्त्र देखि हालको गन्हाएको तन्त्र सम्म एउटा सरकार को औषत आयु ६ महिना रहेछ । एउटा भएर आर्को अफिसमा आउँदा सम्म ६ महिना! चलखेलै चलखेलमा छ महिना! शासकवर्ग संधै पिङमा कहिले अगाडि हुत्तिने त कहिले पछाडि। जनता संधै रनभुल्ल! खेलाडिहरु बढदैछन् जनतामा भार थपिँदैछ ।

सरकार वन्ने फेर्ने राज्य शासन प्रणालीको आधारमा हो । भौतिक रुपमा राम्रो देखिए पनि आचरण र मर्यादाबाट च्युत भएकालाई मात्र सरकार बन्ने बिगार्ने संयन्त्रमा पहुँच -Space हुने अवस्थामा समस्या वाहिरि देखावटि मात्रै होइन आधारको मूल जरो नै फेर्ने बेला बरु ढिलो भैसकेको थाहापाउन कठिन छैन । विगत ३० वर्षमा सरकार कि त ज्यानमाराले चलाए कि भ्रष्टले । केहि अल्पकालिन अपवाद बाहेक Of course!

यदि कुनै भनाई (Narrative) संशारमा विगत सात दशक यता प्रख्यात छ भने त्यो नेपालमा छ । Nepal is a poor country- नेपाल गरीब देश हो । हाल सम्म ५ दशक त मैले देखिसकेँ यसको खेति। यस्तो धार्मिक, सांस्कृतिक विशिष्टता र Natural resources का गहनाले सुसज्जित देश गरीब रहिरहनु यो देशका शासकहरुका लागि तिनका वाैद्धिक दरिद्रता र अधम् व्यवस्थापकीय क्षमताको ताज हो । त्यसकै लुछा चुँडि चलिराखेको छ अहिलेपनि – जहिलेपनि ।

विगत ३० वर्षका दौरान् हामी राज्यको अर्थव्यवस्थाका सन्दर्भमा पूर्णतया, लगभग हरेक क्षेत्रमा, Consumer economy – पराश्रित अर्थव्यवस्थामा बदलिइ सक्यौं । हाम्रा न्यूनतम आधारभूत आवश्यकता देखि जस्तोसुकै सामान विदेशबाट ल्याउनु पर्छ । जनसंख्या बढदो छ । हरेक बच्चाले एउटा खाने मुख र त्यो मुखमा माँडलाउने दुइटा कर्मठ हात लिएर जन्मिन्छ । पौरख गर्ने अवसर छैन मुखथुन्न सकिन्न । अनि ? हरेक वर्ष Import बढदो छ Export घटदो छ । यहि दौरमा हाम्रो रुपँयाको एक अमेरिकन डलर बराबर रू २० हाराहारि बाट रू १२० हाराहारि (११७) भइसक्यो, लगभग ५ -६ गुणा महँगो । तर नेता चलाख छन् जीति छाडछन् । भोट दिने उमेरकालाइ मलेशिया वा खाडिमुलुक Export गर्न कम्मर कसेर लाग्छन् । त्यस्ता युवा र तिनका परिवार आफ्ना मान्छे पनि बन्ने, कमिशन पनि आउने । नया नया त्यस्ता गन्तव्यको खोजि चलिरहन्छ । तिं मद्ये धेरै त बाकसमा फर्किन्छन् बाँकिले फेरि-फरि महँगा गाडि Import गर्ने डलरको जुगाड गरिदिएकै छन् ।

नेपालमा हरेक वर्ष विना रोक टोक वढने जनसंख्या र जनतामाथि कर को भार मात्रै त छ नि । किन ? केको आधारमा ? कुनै जबाफदेहिता छैन । Elected अफिसमा पुगे पछि मनमानि चल्छ भन्ने सोच परम्परागत संस्कारका रुपमा स्थापित हुन उन्मुख छ । हामी सबैले राज्य शासन प्रणाली अनुसार सरकार बनाउन मत दिन्छौं, कर तिर्छौं । तर सरकारको ले हाम्रो मतको बारबार दुरुपयोग गर्यो, गर्दै छ र यस्तै स्थीति रहे आगामि दिन आजै देख्नसकिन्छ । जेलबासेको, मान्छेमारेको, अपहरण गरेको, भ्रष्टाचार गरेकोलाई समाजले पुज्नथाले पछि यस्तै त होलानि, हैन र ? जसले विधि खोज्छन् उनि कि त विदेशिन्छन् वा संधै अल्पमतको लाइनमा पर्छन् । यस्तो किन हुन्छ होला त?

स्वभावतः मानिसहरु सहरोन्मुख हुन्छन् किनभने सहरभनेको बजारहो जहाँ सामान वा श्रम किन्ने बिक्ने बिभिन्न अवसर हुन्छन् जीवनयापन सहज हुन्छ । तर हाम्रा सहर त बजारभन्दा बेरोजगारिको अड्डा जस्ता पो छन् त । राज्य शासन प्रणालीको उपल्लो तहमा हुनेले जथाभावि गर्न हुने भए त्यो मुनिकाले विधि मान्नु पर्ने किन ? तलब जाबोको लागि किन दुख गर्ने त्यो त हाजिरलाए पाइहालिन्छ । बरु कुनै पार्टिको सदश्य भए युनियनमा लागे त हाजिरपनि थोकमा गरे भैहाल्यो । शिक्षकले किन पढाउनु विध्यार्थीले किन पढनु ? कुनै पार्टिको कार्यकर्ता भए भै गो । ३० वर्षमा बिस्तारै बिस्तारै यो परम्परा नै बन्यो अनि नेपाली जनता जनताबाट कार्यकर्ता बने । पौरख गर्छु बरु विदेश जान्छु भन्नेलाइ पनि छोडेनन् । तिँनबाट त झन पैशा थुत्न पाउने हुनाले त्यँहि गएर पार्टि युनिट खोल्छन् । यहाँ बिकास छ त केवल राजनितिक पार्टिको । शिक्षक, विध्यार्थी, कर्मचारि, व्यापारि, डाक्टर, ईन्जिनियर, वकिल, न्यायधीष, किसान देखि अरीङ्गााल सम्म सबै पार्टि – पार्टिका । यहाँ कार्यकर्ता नभएको मान्छे पाउन मुश्किल छ । सरकारि संयन्त्रको मनपरि तन्त्र बफादार कार्यकर्ताको राष्ट्रिय सञ्जालले समाजका स-साना ईकाइमा पुर्याउँदैछन् । निजी क्षेत्रको पहलमा बनेका पूर्वाधार समेत यो सङ्क्रमणले दुषित हुँदैछन् ।

देश र जनताको नाममा शासकवर्गले देशलाई आफ्नो नीजि सम्पति र जनतालाइ तिनका सेवक भारदार बाहेक केहि देखेनन् । चप्पलेहरु सुबिधाभोगि महलबासि कमिसनखोरि भए । सस्तो (Cheap) विकासको भद्दा मजाकले जनतालाइ जिस्काइ रहन्छन् । तिनलाइ सबथोकमा सित्तैमा ठूलो भाग चाहिन्छ । तिनका सुबिधाका लागि दिनलाइ रात भनिदिने बफादार कार्यकर्ताले नियम पद्दतिलाइ जिस्काइ रहन्छन् । तिनको बफादारि प्रसंशनीय हुदो रहेछ । तिनलाइ पदको मर्यादा पनि नहुने, समाजको लाज पनि नहुने हुँदो रैछ । यस्ता कार्यकर्ता टोल समिति देखि राष्ट्रप्रमुख सम्म छ्यापछ्याप्ति छन् । देशको प्रधानमन्त्रीबाट धम्कि आयो सुरक्षा पाउँ भन्ने समाचार छ आज । लौ जा कसले दिने सुरक्षा अब ? के यो यस्ता थुप्रै मुद्दा राज्य शासन प्रणालीको बाहिरि आवरणको टालटुल, मर्मतसंम्भार गरेर सल्टिन्छ वा जगदेखि नै फेर्नु पर्ला ? याद रहोस ३० वर्षमा ५३ चोटि फेरि सके ! जनताले ५२ ठक्कर ५३ घुष्षा खाइसके । घर डढि सक्यो । चेतना भया ॥

Comments (2)

ईमानको ईज्जत कि बेईमानको (बे)ईज्जत?

ईमान = सत्य न्याय र धर्ममा पूर्ण निष्ठा (आस्था, विश्वास)।

समस्या के हो? सरल अर्थमा समस्या त्यो अवरोध हो जसको समाधान हुञ्छ। समाधान कसरि हुञ्छ? समाधान उपायबाट निस्कञ्छ। उपाय केबाट निस्कञ्छ? उपाय बुध्दीको खेल हो। खेल नियमानुसार खेलेको मात्रै सुहांउछ। नियम मान्नु ईमान हो भने नियम नमान्नु वा माने जस्तो छलकपट गर्नु बेईमान हुञ्छ। दुइवटा नाउमा एकैचोटि एक एक खुट्टाले चलाउन खोज्नु सिधै डुब्नु वा पतनको बाटो रोज्नु हो तथापि केहिले मायाजालमा पारि निकैबेर सम्म झुक्याउने सामर्थ राख्दछन्। तर दुर्भाग्य, समय त रोक्न सकिन्न, र तिनले आफ्नै जीवनको अन्ततिर – जब झुक्याउन बांकि कोहि रहन्न, तबसम्म – आफ्नो गल्ति सुधार्ने सबै मौका धेरै पछाडि छोडि सकेको हुञ्छन्। फल स्वरुप, त्यो माञ्छे आफैलाइ झुक्याउन खोज्दछ र आफै संग पल पल, कदम कदममा हार्दछ। बेइज्जतीपूर्ण तरिकाले अपमानमाथि शारिरिक असमर्थाले झनै घाउमा नुनचुक छरे झैं पीडाले धुरि नाघ्नखोज्छ। त्यसमाथि नियम कानुनको डण्डा!

हामी के रोज्ने ईमान कि बेईमान? बेईमानी रोज्नेले कृपया एकचोटि पुनः आफुलाइ झुक्याएर आफै संग जितेर हेर्न न भुल्नु होला। अन्यथा भूल संधैको साथि र साक्षी रहने छ।

हो यिं दुइवटामध्ये जुन उपाय रोजिञ्छ त्यसले समस्या र समाधानको रुप र प्रकृति -गुण निर्क्यौल गर्दछ। सामान्यतया उपायको अर्थमा ईमान र बेईमान लाइ कसरि बुझ्ने त? मेरो बुझाइ यस्तो छ।

यदि समस्या स्वास्थ्यमा हो भने ईमानको उपाय भनेको आफ्नो दैनिक आचार विचार हो वा औषधी उपचार हो। यदि समस्या घरमा भए ईमानको उपाय खोज्न पक्कै पनि गाउं जानु आवश्यक भएन। त्यस्तै देशको समस्याको ईमानको उपाय बिदेशमा हैन देशभित्रै छ। यो कुरामा सहमत हुने अत्यावश्यक सर्त भनेको के हो भने देशको परिप्रेक्षमा विवेचना गर्दा हाम्रो ईमानले सांच्चिकै देशको (सम्पूर्ण जनताको) हितलाई केन्द्रमा राखेर गरेको कि देशको हितलाई एक छिन आंखा चिम्लेर आफ्नो हितको short cut (बेईमान) बाटो खोजेको हो? प्रष्ट हुनु जरुरि छ।

आजभोलि हामि सबै देशवासि समस्यामा त छौं। देशमा जे- जे ठिक हुनु पर्थ्यो त्यो-त्यो उल्टा- उल्टा भइराखेको छ। दुइ तिहाइ बहुमतको सरकारका प्रधानमन्त्रिले सडक आन्दोलन गरेर, बन्दगरेर आफ्नो शक्ति prove गर्नु परेको छ। देशका सबै जनता वादि र प्रतिवादिका कार्यकर्ता झैं भएका छन्। जुलुस निकाल्नु विकास र जुलुसमा सहभागि हुनु रोजगार बन्दै गएको देखिन्छ। हजारौं माञ्छे मारेको हुं अर्वौं भ्रष्टाचार गरेको हुं भन्ने माञ्छे राजनिति गर्नेहरुको प्रेरणाको श्रोत केन्द्र विन्दु बनेको छ।

निर्जिव फोटोलाई कुनै ठाउंमा राख्दा त्यसको आकार भन्दा बिपरित नियम पध्दति लागु हुंदैन- त्यसलाई त्यस्कै original रुपमा राख्दामात्र त्यस्को वास्तविक रुप देख्न पाइञ्छ। तर सजीव व्यक्तिलाई त नियम पध्दति लागु हुञ्छ नि! हो त्यो सतत् संस्था Represent गर्ने मानिसको original रुप पनि बनिरहोस् र त्यसलाई नियमन पनि गर्न सकियोस। सैध्दान्तिक पध्दतिका हिसाबले सनातन देखि यहि नै छ – कम से कम कागजमा। तर बिगत ३० वर्षको मेरो व्यवहारिक भोगाइले केहि बिश्लेषण गर्न बाध्य वनाउंछ

तर तिनिहरुलाई जानेर वा नजानेर सहयोग गरिराखेका अधिकाशं जनता समस्या आखिर के हो त्यो निर्क्यौल गर्न सकिराखेका छैनौं। केहिले जानाजान् बेईमान उपायद्वारा आफ्नो हितको short cut खोजेको पनि होला तर धेरै जसो चांहि अलि अफ्ठ्यारो स्थितिमा अल्झेका (छन्) छौं। तिन्ले कहिले त आफ्नो २० वर्षपुरानो फोटोलाई आफ्नै हो र त्यसले आज पनि मलाई नै Represent गर्छ भनि तर्क गर्दछन् भने अरुको चाहिं त्यहि स्थितिमा मान्न तयार हुन्नन्। फोटो त आंखिर निर्जिव फोटो नै हो त्यस्ले पनि फोटोवाला सजीव देखिने व्यक्ति लाई Represent गर्छ त्यस्तै त्यो सजीव व्यक्तिको पदले अदृश्य सतत् संस्था Represent गर्छ न कि त्यो मानिस। यो हाम्रो मानव समाजले बनाएको प्राकृतिक पध्दती हो। त्यसैले दुवै सत्य छन्। त्यसमा विश्वास गर्ने वा नगर्ने आफ्नो फोटोले आफुलाई Represent गर्छ वा गर्दैन भन्नु जतिकै सजिलो छ। याद रहोस् यो हाम्रो नितान्त व्यक्तिगत ईमान वा बेईमानको कुरा हो र आफै संग बेईमानि गर्ने मानिस पनि हुञ्छ होला भन्ने कल्पना गर्न गाह्रो छ। है न र?

नेपालको २०४६ साल पश्चातको निरन्तरको राज्य व्यवस्थाको समस्याको जरो भनेकै राज्यव्यवस्थामा चरम बेईमान उपायको व्यापक विकास हो। बेईमान शासकहरु बारम्बार अत्यधिक मतले जित्नु हामी सबैको भोटले त हो नि। झुक्कियौं वा अरु कुनै कारणले भयो तर अब त चेत्यौं नि! Lets accept and move on. Enough is enough! साहस गरौं यो बेईमानी बेईमानि तरिकाले चलेको व्यवस्थालाई revisit गरौं। ईमानका उपायको माध्यमबाट चल्ने राज्यव्यवस्था कायम गरौं। टाउको नै कुहिए पछि त्यसका अन्य अङ्ग पनि काम नलाग्ने भैदिञ्छन्। तर केहि कुहिएका बाहेक, तिनको उपयोग – गर्न सकिञ्छ। आजको राष्ट्रसेवक भनाउंदा यो देशको रक्त संचारका धमिनीहरु (Nerves) पनि यो बेईमान संस्कारका उपासक – संरक्षक – प्रबर्धक – व्यवस्थापकमा रुपान्तरित भैसके वा हुंदै छन् वा कतै थन्किएका छन्। त्यति मात्र त के संस्थागत बेईमानि फस्टाउंदो छ। जिन्दगिभर भ्रष्टाचार गरि कुम्ल्याएका माञ्छे त्यहि भ्रष्टाचार छानविन आयोग को प्रमुख! त्यस्ता नियुक्ति झुक्किएर हैन, देशका प्रधानमन्त्रि को वा कुनै पार्टिको कोटामा हुन थाले।दल – दलको सिफारिसमा हुने, एक किसिमको पध्दति नै बसाए। अनि भ्रष्टाचार रोकिञ्छ त?

जता ततै वेथिती बाहेक केहि देखिन्न। अब होला, तब होला भन्दा भन्दै ३० वर्ष बिते तर हुने छांट कांट देखिन्न। सुरुका १५ – १६ वर्ष नेताहुन मन्त्रि हुन जेलवसेको योग्यताले प्रार्थमिकता पाउंथ्यो भने अब त कति धेरै बिध्वंस मचाएको, कति धेरै माञ्छे काटेको, कति धेरै भ्रष्टाचार गरेको पो चाहिने भयो। यसैलाइ हो त अग्रगमन भन्ने? कि अझैं केहि कमि छ? यदि हामी मध्ये कोहि पनि बिगत ३० वर्ष यता शासन गर्ने पार्टिहरुसंग आबध्द छौं भने त्यस्को विकास हुनमा हाम्रो योगदान पनि कम छैन।

कर्ता कारयिता चैव प्रेरकश्चानुमोदकः। सुकृते दुष्कृते चैव चत्वारः समभागिनः॥ गर्ने/गराउने/प्रेरणादिने/अनुमोदने गर्ने/बराबर (२५ – २५%)!

सुरु सुरुमा पात्र बिशेसमा समस्या भए त्यसलाई पध्दतिले ठिक पार्छ भनी केहि कुर्नु पर्छ र समाधान निस्कञ्छ भनि चित्त बुझायौं। तर तिं खराब पात्रले आफ्नो जरो यसरि बलियो बनाउदै लगे कि सम्पूर्ण पध्दति नै बेईमानि उपायबाटमात्र चल्ने बनाइदिए। यो हो आजको नेपालिको मूल समस्या। चेतनाभया! यसको समाधान चाहनेले आ आफ्नो योगदान गरौं।

योगदान भनेको के होला? कसरि गर्ने होला? मैले के गर्न सक्छु र खै?

योगदानको सुरुवात समस्या छ भनि acknowledge गरौं। पात्र मात्रै हैन पध्दति नै संक्रमित भै सकेको ले पहिला त्यो संक्रमण हटाऔं। यो संक्रमण हटाउने रणनिति बनाउं, योजना बनाउं, त्यसलाइ ससना activity मा परिभाषित गरौं। यो सबै गर्न पहिला एउटै उद्देश्य भएका तर टुक्रा- टुक्रामा बिभाजित भै छरिएर बसेका सबै कम से कम यो समस्याको समाधान गर्नकालागि एकत्र हौं। आ आफ्नो खुबि अनुसार कामको जिम्मा लिउं। नेतृत्व लिउ, विचारको प्रवाह गरौं, आजको स्थितिको वास्तविकता (हाम्रो आन्तरिक श्रोत, सम्भावना, निति, राजनैतिक, प्रशासनिक, कानुनि, व्यवस्थापकीय क्षमता) लाइ केलाउं र हुनसक्ने सम्भावना र वास्तविकता को बिचको GAP लाई सरल भाषामा व्याख्या गरौं। देश र जनताको हित हुने राजनैतिक, प्रशासनिक, कानुनि, व्यवस्थापकीय क्षमता कस्तो चाहिञ्छ व्याख्या गरौं। गाउं – गाउं जाउं र त्यो व्यवस्था लागु गर्न सहमति मागौं। हो गरौं!

यसको सुरुवात राजनैतिक पार्टिले नगरे सम्म यो अभियानले गति पनि पाउदैन र समाधान पनि दिन सक्दैन। त्यसैले अबको वैकल्पिक राजनिति गर्नेहरुले राजनितिलाई कमाउने पेशा नबनाएपनि कताकता retirement को glamour मा भुलेका हुन कि भन्ने अबधारणा पनि बन्न थालि सक्यो। यो अवधारणा सत्य नहोस्। अन्यथा ईमान फेरि हार्ने छ ।

कर्ता कारयिता चैव प्रेरकश्चानुमोदकः।

सुकृते दुष्कृते चैव चत्वारः समभागिनः॥

गर्ने/गराउने/गर्न प्रेरणा दिने/गरेको अनुमोदन गर्ने (२५ – २५%)

Leave a Comment

केहि तात्ताता कुराका सन्दर्भ

बहुमत न कांग्रेस लाइ पच्यो न कमिनाष्टलाइ न ज्यानमारालाइ। किन? किनकि बहुमत पाए पछि त काम गर्नु पर्छ । बिरोध कसको गर्ने? यिं पार्टि भनाउंदामा लागेका बालक देखि बृद्ध सम्म सबैले मात्र अर्कोलाइ गालि गर्न जानेकाछन। जब गालि गर्न पाउंदैनन् तव तिं अलमलिन्छन्, कुइरोको काग भएर फेरि रुम्जाटार! अब त सम्बैधानिक हैन पञ्चायती राजतन्त्र चाहिने भयो।

सन्दर्भ – संसद बिघटन २०७७ पुष ५ गते

बुध्दिजीवि भनाउंदाको पीडा- आधुनिक मानिन पालनागर्नु पर्ने केहि बौद्यिक नियमहरु

१. Global warming ले समुद्री level पहिलेको भन्दा धेरै बढिसक्यो. जुनसुकै ठाउंको उचाइ समुद्रि सतहबाट नापिने भएकोले आधुनिक समयमा सबै ठाउंको उचाइ बढेको समुद्रि सतह बराबर घटाउनु पर्छ। अनि सगरमाथाको उचाई चैं कसरि बढ्यो हं?

२. हरे! व्रत बस्नेजस्तो रुढिवादि मान्छे! अहिलेको २१वीं शताब्दिमा पनि…खुरुक्क खानु त। वेकार मान्छे। अं है वरु intermittent fasting त स्वास्थ्यको लागि एकदमै रामो रै छ नि। जापानिहरु पनि कडा है!! १६ र ८ घण्टाको फरकमा खाए शरीरलाई फायदा हुने रै छ। नोवेल प्राइजै पाए नि!!

३. आधुनिक जमानामा त राज्य व्यवस्थाको शक्ति भनेको जनतामा पो हुनु पर्छ त। By the people, for the people, यि राजा रजौटाहरु जतासुकै हराउंदै गएको वेलामा हामि कहां राजा ल्याउने कुरा त म मान्दिन। रिषाए रिषाउ॥……….अनि देश विकास हुन्छ भने ठिकै छ नि धर्म परिवर्तन गरेर के बिग्र्यो त? …….ज्वांईसाप अमेरिकामै होइसिन्छ। छोरि को पनि date अबको १५ दिन पछि छ, टिकाट पठाइ दि हालि भिसा पनि भै सक्यो, अब केहि दिन उतै हुन्छौं के गर्ने, आफुले सके सम्म गर्दिनै पर्यो! यसो हाम्रो परम्परानुसार तेललाएकै राम्रो नि! यहां पनि जहिल्यै झगडा, कहिल्यै शान्ति नहुने भयो। लुटेरै सकाउने भए।…. ए यो थान्का त राम्रो है. एक् दुइटा लानु पर्ला…ज्वाइको हाकिमलाइ खुब मन पर्छ रे। खैरेहरुलाइ त पुरानो संस्कार झल्किने चिज मन पर्छ। ढुङ्गाका मुर्ति भयो, पुराना मन्दिरहरु वरिपरि फोटो खिच्नैमा दिन बिताइ दिन्छन्। पाखे जस्ता! ……..हामिकहां पनि त्यै लिच्छिवी, मल्ल राजाहरुले बनाएका त हुन नि। त्यसपछि त के नै भयो र। राजा महेन्द्रले नगर्या भए यो देश त रहन्थ्यो कि रहन्थेन। सप्पै बिकास जति त्यहि बेलाको त छनि। अहिले त के नै भा छ र! ३० वर्ष लुटेरै बिताए अझैं चेत आको देखिन्न। विकास त यिनका आसे पासे लाई मात्र पो आयो त! यहां यस्तै छ, केहि हुनेवाला छैन! ॥इति॥

Leave a Comment

राजतन्त्र वा गणतन्त्र; सत्य वा मिथ्या – दूरके ढोल सुहावने!

हामिलाई हामीपनि आधुनिक परिवेशको विश्वमा भएकै मानिस जाति मध्येका हौं हालसालैमात्र जंगलबाट मानव बस्तिमा ओर्लेका होइनौं भन्न पनि अरुकोबाट चिट चोर्नु पर्ने? यो कस्तो शिक्षा हाम्रो! कहिलेदेखि भयो यस्तो!

हीन = १) inferior to (भन्दा सानो), २) weaker, (कमजोर), ३) destitute (निराश्रित), ४) poor (गरीब)

गण+तन्त्र वा राज+तन्त्र। हाम्रोदेश तथा हाम्रो प्राचीन सभ्यताको (rich heritage) विरासतको उत्तराधिकारको अवहेलना गरेर हामी आफूलाई अत्यन्त हीन छौं भनेर पुष्ट्यांई गर्न उद्यत किन छौं? के हामी कुनै वैज्ञानिक आधार विनाको पद्धतीको सभ्यता भएका पूर्खाका सन्तान हौं भनेर त भन्दै छैनौं? यदि हो भने कृपया एकचोटि मनन गर्नुस् र अध्ययन पनि गर्नुस् र आफ्नो विवेकले जे ठम्याउंछ त्यहि गर्दा मात्र तपाई आफूप्रति न्याय गर्नुहुनेछ। अध्ययन अलि सजिलो बनाउन र प्रमाण सहित बुझ्न चाहनुहुञ्छ भने Youtube मा #Sattology, #Sangamtalks, का channel मा कम्तिमा पनि यीं केहि आधुनिक ॠषी, ऋषिका #NileshOak, #RajVedam #RupaBhaty), हरुलाई सुन्नुहोस।

तन्त्रभनेको त केवल प्रविधी (Technology) मात्र न हो। देशको जनताकोअधिकतम हित हुने प्रणालिको प्रविधी! हो त्यो प्रविधी पो असल चाहियो, चाहे त्यो गणले चलाओस् वा राजाले चलाओस्। यीं त केवल निमित्तमात्र त हुन्। मूलकुरो प्रणाली चलाउने यन्त्र हो। त्यो यन्त्र जसले राम्ररी चलाउन जान्दछ त्यसैले चलाओस्। कसैलाई केहि आपत्ति छैन। तर जसले त्यो प्रबिधी तथा यन्त्रको असल तरिकाले चलाउनुमै आफ्नो नित्य अस्तित्व देख्दछ त्यसलाइ लहडमा चलाउने लाई भन्दा बढी विश्वास गर्नु स्वभाविक नै हो। त्यहि भएर समाजले आफ्नो हित हुने व्यवस्था प्रणाली बनाउंछ र भरोसा गर्नमिल्ने निमित्तलाई संचालनको नेत्रित्वको जिम्मेवारी दिञ्छ। यो व्यवस्था मानिसहरूमा मात्र नभई सम्पूर्ण प्राणी जगतमा विद्यमान छ। कमिला, माहुरी देखि हाथी सम्म। मानिसहरुमा राउटे समुदाय तथा थारु समुदायको भलमानुस, मुखिया आदि समाज चलाउने प्राचीन प्रणाली नै त हुन्, हैन र? फरक मात्र यति हो कि कसैले पुर्ख्यौली जोगाउंदै सुधार्दै प्रयोग गरेका छन् भने कोहि चिट चोरेर पास हुन खोजिराखेका छन्।

विश्वभर नै हाम्रो सनातन धर्म प्रणालीमा समाजलाई न्याय संगत तरिकाले चलाउन राज्य र राजाको अवधारणा आदि कालदेखि नै चलिआएको देखिन्छ। गणतन्त्र त एकदमै नौलो अभ्यास न हो। संसारमा झण्डै ३०० वर्ष पश्चात पनि यो प्रयोग किताबमा वाहेक व्यवहारमा अझैं अपरिपक्व छ। हाल अमेरिकाको स्थिति हेर्नुस्, छर्लङ्ग हुञ्छ। आजका दिनमा पनि ट्रम्प्लिकन (Trumplican) = ट्रम्प+ १०६ सांसद (हाउस) + १८ राज्यका AG (न्यायधिवक्ता) = १२५ जनाले गणतन्त्रको अन्तराष्ट्रीय ठेकेदार मानिने अमेरिकामा लगभग विगत ३० वर्षको नेपाली नेताहरुको जस्तो अभ्यास गर्दै संसारलाई गिज्याउंदै छन्। झन नेपालमा त यो अभ्यास लगभाग ४ – ५ वर्ष न भयो।

कस्लाई जिम्मा दिने त? समाजले जुन विभिन्न code of conduct मा उत्कृटष्ट ठहर्छ त्यसलाई नै जिम्मा दिञ्छ। हाम्रा पौराणिक ग्रन्थहरुमा अयोग्य छोरालाई राजागाद्दी नदिएर योग्य व्यक्ती खोजेर राजा वनाएका दृष्टान्त पढन पाइञ्छ। सांथै राज्यको हित गर्न सक्ने मानिस खोजेर त्यसलाई राजाहुन योग्य वनाउने तर आफु राज्यको भोग गर्न नचाहने ऋषी कौटिल्य (चाणक्य) ले सूत्ररूपमा दिएको राज्यसंचालनको संविधान आज दुनियामा उत्तम संविधान भन्दा हीन छ र? आज कुन चैं देशको संबिधानलाई आधार वनाएर अनेकौं भाषामा विभिन्न – लिडरसीप, अर्थसास्त्र, नितिसास्त्रका – कितावहरु छन् होला? वा त्यसको आधारमा विश्वभरी कति चाहीं लिडरसीप कोर्स (Leadership Courses) हरु चल्छन् होला? तर चाणक्य निति उल्था नभएका भाषा कति होलान् भन्न गाह्रो छ। Corporate Chanakya, Kautilya Leadership Program जस्ता कोर्सहरु विश्वभरि चल्दछन्। यो सबैलाई जानकारी भएकै कुरा हो।

तथापि कहिलेकांहि लहडगर्नपनि त मजा नै आउंछ नि। ठिकै भो लहडि भएर पनि चेतियो। कम से कम हाम्रा छोरा छोरीले पनि चेत्दा चेत्दै आफ्नो जिन्दगी वांच्न एक कदम अघाडि दुई कदम पछाडी गर्न न परोस्।

आफ्नो क्षणिक् स्वार्थको लागि आत्महत्यागर्न पनि न हिचकिचाउनेले चलाएको यन्त्रले उसको स्वार्थको भागिदार भएमात्र राम्रो हुने अन्यथा विपरीत हुने अवस्था पो आइलाग्यो। त्यो भागीदारी भनेको आजका पार्टी हरुको अन्धभक्त हुनु भयो। यो राज्यसाशन प्रणालीको प्रविधीमा भाइरस लागे झैं भैदियो। त्यो भाइरस विना यो प्रणाली नचल्ने र यिनका चालक तथा ड्राइभर – खलासीले र यिनिहरु संग टांसिएका भगिदारले स्वार्थिभई जनतालाई लुटने, भिडाउने; धर्म संस्कृती वेच्ने तथा आफूलाई पिर्केराजा भएपनि राजाको हैसियतमा स्थापित गर्नखोज्न पो थाले। न कुनै दर्शन, न सोच, न अध्ययन, न कुनै विज्ञ-क्षमता केवल छल कपट, उछाल् पटक्, हजारौं मानिसलाई अनाहकमा मारेका राक्षसहरु टाई सुटमा ठाटिएर को ठूलो भनेर परस्पर बाझ्नेबाहेक केहि नहुने देखियो। यो स्थिति आजमात्र उब्जेको हैन। २०४६ सालदेखिनै यसको जग यसरि नै सिंचित र पुरिदै आएको छ। यसमा सुधार गर्ने कुनै उपाय छैन। विगत ३० वर्षमा कति सरकार भए? अनि कस् कस्का भए, तिनले के के गरे गनि साध्य छैन। यो गणतन्त्रको जगमै खराबि भएकोले माथिल्लो तलामा जतिसुकै बुट्टाहाले पनि, आफ्नै भार थाम्न असमर्थ हुंदै जांदैछ।

आखिर किन यस्तो त? के ले यस्तो भयो वा हुंदै छ त? आ आफ्ना बुझाई र तर्क होलान्। त्यसमध्ये एउटा यस्तो छ।

हरेक समाजमा कोहि न कोहि केहि कारण विशेष अगुवा हुञ्छ नै। र त्यसको सोच वा क्रियाकलापले सबैलाइ के हि न केहि असर गर्दछ।हामिकहां पनि यस्तै भयो। समाजका केहि अग्रणीहरु बाह्य समाजको सम्पर्कमा आए तर तिनले बैचारिक हिसाबले, विज्ञताले वा आर्थिक हिसाबले अरुका अगाडि समान हैसियत (Equal footing) बनाउन सकेनन्। हीन भावनाको सिकार भए। आफूलाई सबल (competent) बनाउनुको साटो आफ्नो हीनताको रीष देशको व्यवस्थामा पोखे। भाई फुटे गवांर लुटे! तिनले एक पछि अर्को स्वदेशी विदेशी सहायता पाउनथाले। अन्ततः चिट चोर्न सफल भए।

हीनताको उदाहरण स्वरुप स्व. डा. उपेन्द्र देवकोटा र वहांकै गाउंले, सहपाठी डा. बाबुराम भट्टराईलाई हेरौं। देवकोटाले आफुलाइ सबल (competent) बनाए, दुनियांमा सर्जनहरुमा अग्रणी स्थान बनाएर हजारौं मानिसलाइ रोग मुक्त बनाएर जीवन दान दिए, त्यहिं अर्कोले देशद्रोहीहरुको अखाडा मानिने JNU मा पढे र हीनताको सिकारभइ हजारौं निर्दोषलाइ साग काटे झैं काटेर देशको अहिलेको अवस्थाको विष रोपे। अहिलेका दलीय नेता भनाउंदा सबैको कहानि यस्तै यस्तै छ। हाल सबैजसो पार्टीका सबै नेता देश कसरी बनाउने भन्ने योजना अघाडि सारेर भन्दा पनि रिक्सामा चढेर चिच्याइ चिच्याई राजालाइ गाली गरेर र बिदेशीहरुको लालन पालनबाट मात्र नेता भएका हुन्। राजाको बिरोधगर्दा वाह वाह पनि पाइने दाम पनि पाइने अनि आफ्नो हीनता पनि रक्सिको घुट्को संग पखालिने। कस्तो मजाको काइदा!

अर्को प्रश्न, यो हीनताको बिउ कहांबाट आयो त? हिन्दुस्तान (भारत) बाट र मलजल फिनलैण्ड, स्विस, नर्वे लगायतका पश्चिमी देशबाट। माओवादी हरु बालुवाटार छिरिसके पछि नर्वेका तत्कालीन मन्त्री (इरिक ??…) ले त नर्वे सरकार टाउकाको मोल भएको आतङ्ककारी माओवादी प्रचण्डसंग सेटलाईट फोनबाट सम्पर्कमा थियो भनेर नेपाली कुनै एक पत्रिकामै छापिएको थियो। आफै विचार गरौं तिनले देशहितका के कुरा गरे होलान्?

भारत (हाम्रो सभ्यताको मूलजरो) लगभग विगत १२०० वर्षदेखि मुस्लिम र इसाईहरुको आक्रमणबाट आक्रान्त छ। लगभग ५०० वर्षपहिला मुस्लिमहरुले भारतमा हाम्रो वैदिक सभ्यताको लगभग विनासै गरे र वचेकोलाई ब्रिटिस साम्राज्यले आफ्नो अधीनगरि झन्डै ३०० वर्ष देखि थिल्थिलो पारेको विदितै छ। हामिले जे जति विज्ञानका खोजका वारेमा पढ्यौं त्यो सबै पश्चिमी देशमा भएको भनि पढ्यौं र हाल सम्म पनि त्यहि रटान जारि छ। ग्यालिलियो (१५६४ – १६४२ ई) लाइ खगोलशास्त्रको पिता भन्ने तर १४,००० वर्षपुरानो सूर्यसिद्धान्तको नाम पनि सुनेका छैनौं। किन? किनकि हाम्रो शिक्षानै यसरि संस्थागत हुंदै आएको छ। नेपाल कागजमा मात्रै उपनिवेश नभएको त हो नि। बांकि त घाम जत्तिकै छर्लङ्ग छ। ७० वर्ष अघि भारत स्वतन्त्र भयेयता त्यहां कम्युनिष्ट भनाउंदाहरुको निकै चुरि फुरि छ। आफ्नो हीनता छोप्न यिनले आफ्नो पुर्खा, परम्परा, धर्म जे लाई पनि रूढीवादीको बिल्ला भिडाएर छोडि दिञ्छन वा आफू दलालभइ समाजलाइ लथालिङ्ग बनाउछन र तिनिमाथी शासन गर्दछन्। हामिकहां भएका सवै नौलावाद यिं उपरोक्त विचारबाटमात्र प्रेरित भएका देखिञ्छन्। त्यहि भएर होला यिं वादहरु कुनै पनि तरिकाले नेपाली मौलिकताको अभिन्न अंङ्ग हुनसकिराखेका छैनन्।

यो सत्य र मिथ्याको बहस आफैमा मिसावटग्रस्त पनि छ। त्यहि भएर सजिलै केलाउन पनि गाह्रो छ। त्यो मिसावट भनेको दूरके ढोल सुहावने हो। हाम्रा वरिपरि सबै गणतन्त्र हुने हामीले चांही किन राजतन्त्र मान्ने? यो यक्ष प्रश्नको जवाफ युधिष्टीर महाराजले सायद यसरि दिन्थे होला। भारतवर्ष (उत्तरमा हिमालय पर्वत देखि दक्षिणमा समुद्रसम्म) भित्र हजारौं वर्षदेखि सांस्कृतिक धार्मिक हिसाबले अखण्ड भएपनि प्रशासनिक हिसाबमा भिन्न भिन्न राज्यमा बांडिएको सर्वविदितनै छ। तिनको स्वतन्त्रताको लडाईमा पनि कुनै राजा वा राज्य विशेषले अगुवाई गरेर भन्दा पनि सिङ्गोभारतीयहरु मिलेर अंग्रेजले नै खोलेको काङ्ग्रेस पार्टीले अगुवाई गरेको हो। त्यहि भएर स्वतन्त्र भारतलाई गणतान्त्रिक प्रणाली द्वारा एकिकरण गरि सो व्यवस्था कायम भएको हो। त्यस्तै कास्मिरको वास्तविक एकिकरण त झन एक वर्ष अघाडि मात्र भएको सर्व विदित नै छ। तर नेपालमा बाइसे चौबिसे राज्यहरूलाइ त यहि राज संस्थाले एकिकरण गरि एउटादेश बनाएको हो। जस्लाइ यो गणतन्त्रको भाइरसले पुनः फेरि ताल न सुरका टुक्रामा टुक्र्यो। त्यसैले हामिलाइ टुक्र्याउने भन्दा जोडनेको आवस्यकता छ। चेतना भया। अस्तु॥

Leave a Comment

आन्दोलनरत् राजावादी को हुन्?

आजकल सामाजिक संजालमा राजा ल्याउँ देश बचाऔं भनी देशैभरी भइरहेका आन्दोलनका खबर दिनानुदिन् बढदैछन्। तर जतासुकै भएपनि त्यस्ता जुलुसको नामचाहिं राजावादीको भनि संज्ञादिएको देखिञ्छ। त्यो एकदमै जायज नै छ – म त त्यसमा केहि पनि खराबि देख्दिन। तर यसलाई (राजावादीलाई) बुझ्न शव्दको अर्थबुझ्योभने मात्र यसलाई सकार्नु वा नकार्नु ठीक हुञ्छ होला। को हुन् त यिनिहरु? किन आन्दोलित भए र अब अगाडि के हुञ्छ होला?

उपरोक्त प्रश्नको जवाफ खोज्नुभन्दा पहिला कमसेकम बिगत ७० वर्षको (२००७ – २०७७)को स्थितिलाई (देशको life history) नबुझि वा नकेलाई सुखै छैन। अन्यथा सहि जवाफ पनि सिधै गलत साबित हुने छ। यस्ता केहि प्रश्नहरुको जवाफ खोज्न जति सजिलो छ त्यतिकै गार्हो पनि। गार्हो यस अर्थमा कि तपाई के लाई आधार बनाएर उत्तर खोज्दै हुनुहुञ्छ।

१) देशको जन्म र यसको अविछिन्न अस्तित्वको इतिहासको आधार। यो देश कसरि जन्म्यो? कसको के कस्तो सकारात्मक वा नकारात्मक योगदान रह्यो? स्मरण रहोस् त्यहि ७० वर्ष अघि भारत स्वतन्त्र भएको थियो। त्यो बेला नेपालको आफ्नो भन्ने प्राकृतिक सम्पदा बाहेक लगभग केहि थिएन रे। सिमानामा भारतीय सैनिकको सुरक्षामा थियो रे। तराईका स्कुलमा भारतका तत्कालीन प्रधानमन्त्री नेहरुको जन्मदिन मनाइन्थ्यो रे।

२) तपाइको कम्तिमा पनि तपाइले देखेको भोगेको तीनपुस्ताको परिवेश र संस्कार। तपाई हुर्केको समाजको संरचना, संस्कार, मान्यता र त्यसमा भएको परिवर्तन। जात जाति, धर्म, वर्ण व्यवस्थामा भएको परिवर्तन।

३) तपाइले देखेको सुनेको सामाजिक, राजनैतिक, प्रशासनिक सँरचना, देश विकासको सामाजिक र आर्थिक पूर्वाधारको (hardware and software side of social and economic infrastructure) स्थिति तथा तिनको विकासको क्रम र गति। २००७, २०१७, २०३६/३७, २०४६/४७, २०६२/६३ र अब २०७७ मा समयानुकुल अपेक्षा! पूर्वाधार – राजमार्गहरु, राष्ट्रबैंक लगायत बिभिन्न उध्योगहरुको स्थापना, तिनको व्यवस्थापन, तथा विक्रि वितरण।

४) अन्तरराष्ट्रीय सम्बन्ध, छवि र मान्यता। शान्ति क्षेत्रको अवधारणा, त्यस्को अन्तराष्ट्रीय समर्थन, मान्यता। २०४६ यता देशको छविमा भएको विकास वा ह्रास। तपाइको हरियो पासपोर्टको मान वा ईज्जत आफै बिचार गरौं! देशको नक्सा सुधार्न संबिधान बदल्ने तर त्यहि नक्सालाई पाठ्यपुस्तकमा छाप्न नदिने? यो कस्तो राष्ट्र भक्ती हो र केका लागी हो?

उपरोक्त आधारमा टेकेर हेर्दा सम्पूर्ण नेपालीले विगत ३० वर्ष देखि देशको ठेकेदार भएर हक जमाएर बसेका ठेकेदार पार्टी र तिनका आजीवन अगुवा तथा तिनका अनुयायी लाई निम्न प्रश्न सोधेको हो?

अ) के प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र भनेको जाली, फटाहा, ज्यानमारा, भ्रष्टाचारी पुरष्कृत हुने व्यवस्था हो? मन्त्रि हुन जेलबसेको अनुभव चाहिने, विज्ञ हुन पार्टिको सदश्य हुनु पर्ने हो? जीवनभर एक फुटी कौडि आर्जनगर्ने उध्योग नगरेको तर पार्टीमा आवद्ध भएको व्यक्तीको विलासि जीवनशैलीको स्रोत के होला? ट्याक्स हरेक वर्ष बढनुपर्ने अनि कानुन अनुसार ट्याक्स तिरेर त्यस्को प्रमाण माग्दा घुस दिनुपर्ने हो? के धर्म परिवर्तन गराएर सामाजिक वर्ण व्यास्था बिगारेर समाजलाई द्वन्दोन्मुख बनाउनु समाज सुधार हो? धर्म बेचेर विकसित वा धनी हुने भए अफ्रीकी मुलुक, अफगानिस्तान, पकिस्तान लगायतका देशहरु कस्ता हुनु पर्थे होला? के सामान्य बहुमत वा २/३ द्वारा निर्वाचित प्रधानमन्त्रीको मुख्यकाम दिनहुं गुटबन्दी गर्ने, भ्रष्टाचारीको वचाउ गर्ने, आफ्नो उपचार जनताको ट्याक्समा विदेशमा गर्ने तर त्यहि ट्याक्स तिर्ने जनतालाइ वैश्विक महामारिको बेलामा समेत एक छाक खाना पनि राहत नदिने व्यबस्था चलाउने हो? राजतन्त्रमा त राजपरिवारका सदश्यहरु कुनै न कुनै तरिकाले योगदान दिइरहेका वा कुनैन कुनै प्रोटोकल (protocol) का पात्र हुन्थे र तिनको पनि तलब भत्ता मान पदवीको ब्यवस्था हुन्थ्यो तर हाल राष्ट्रपतिका छोरीहरुलाई कुन रितिले मानपदक दिइञ्छ होला? वा कुनै निजामति कर्मचारिका बालाई कुन योगदानका खातिर पदक दिइञ्छ होला?

आ) ३० वर्षको राजाको प्रत्यक्ष शासन – पञ्चायति व्यवस्था र ३० वर्षको पार्टीहरुको प्रत्यक्ष शासनमा भएका सुधारको तुलना पनि गर्न नभुलौं। आज जे जति बिकासका पूर्बाधार बनेका छन तीं लगभग राजा महेन्द्रको पालामा (२०१७ – २०२८) बनेका, सुरु गरिएका वा त्यसपछिको २० वर्षमा सोचिएका बाहेक नयां त केहि पनि देखिदैनन् त! बरु ति मध्ये कति लाई त बेचेर खाई सके केहि सकिने अवस्थामा छन्। आफै विचार गरौं।

यदि उपरोक्त मन्थनमा कतै आफूलाई वा जनता र देशलाइ वा आफ्नो भावि पुस्ता प्रति न्याय वा अन्याय भएको, भइरहेको वा हुनसक्ने देख्नु हुञ्छ र यीं वा यस्तै प्रश्नको जवाफ खोज्दै हुनुहुञ्छ भने ढुक्क हुनुस् तपाई पनि जागरुक भईसक्नुभयो। अब उप्रान्त तपाई स्वविवेक प्रयोग गरेरमात्र सहयोग वा विरोध गर्नु हुने छ। सांथै यदि उपरोक्त विभिन्न मापदण्डमा संधै ओरालो लागेको देशलाई, परम्परा, धर्म, संस्कृतीलाइ आफ्नो र भावि पुस्ताको लागि बचाउन वा जोगाउन चाहनुहुञ्छ भने तपाई पनि राजावादीकै लाइनमा हुनुहुञ्छ। त्यो लाइनलाइ निर्णयात्मक विन्दुमा पुर्याउन चाहनुहुञ्छ भने आफ्नो गच्छे अनुसार सहयोग गर्नुस्। तर राजासंस्था र राजा ज्ञानेन्द्रको नाम भजाएर बारम्बार आफ्नो दुनो मात्र सोझ्याउने कुकर्मबाट जोगिनुस्। चेतनाभया!!

Leave a Comment

नेपालमा १४ वर्ष पछि फेरि राजा किन चाहियो त?

१) केहिले आधुनिक मानसिकता भनेर एक्काइशौं शताब्दीमा राजतन्त्र जस्तो परम्परावादी सोच ठीक नभएको तर्क गरेको सुनिन्छ।अक्सर त्यस्ता विद्वानहरु अंग्रेजी माध्यमका स्वदेशी वा विदेशी विध्यालयमा पढेका हुन्छन वा तिनको नक्कल गरी आधुनिकहरुको लाईनमा लाग्न रुचाउंछन्। जान अन्जानमा त्यो तिन्को गुजाराको बाध्यात्मक अवस्था हो। हाम्रो सनातन संस्कार र संस्कृतीको जरो उखेल्न उद्यतहरुको सबै कुरा गुण दोषको ख्याल नगरि पालाना गर्ने हो भने के हुञ्छ वा के सम्म हुन सक्छ अहिलेको वस्तुस्थितिले छर्लङ्ग हुंदै छ।

२) अर्काथरी जस्ले राजा बिरोधि तर्क दिन्छन् कि त तिनि यो लुट तन्त्रको भरपूर उपयोग गर्ने भित्रीया वा त्यसको सेरोफेरोमा पर्ने वर्ग विशेषका सदस्य होलान्, वा खांटि अंग्रेजी पढेका र संसारको उत्पत्ती अथवा आजको विज्ञानको र समाजको विकास केवल युरोप अमेरिकाबाट भएको भ्रम पाल्छन् तिन्को पनि अहिले त्यति दोष नहोला किनभने तिन्लाई त्यहि सिकाइयो र बांकि सबै अन्धविश्वास को बोरामा कोच्यो, जुन खोलेर हेर्ने वा बुझ्ने तिन्को आत्मबल छैन वा दैनिक गुजाराको भारले त्यता हेर्ने र त्यसलाई समय दिने सामर्थ्य राख्दैनन्। यीं मध्ये कतिलाइ त आफ्नो जीवन जसो तसो गुजार्ने र आफू मरे पछि डुमै राजा भन्ने तर्कले बांधेको पनि देखिञ्छ।

३) अंझ अर्काथरी अलि उग्र खालका आफुलाइ जानि न जानि कम्युनिस्ट (कमाउनिष्ट) भन्न रुचाउंछन। तिन्लाई आफ्नो देशका पूर्बज, इतिहासको त परै जाओस् आफ्ना बाबु आमा भन्दा कता कता चिन्दै न चिनेका देशका माञ्छे उहिल्यै पितर भइसकेका दाह्रिवालको बढी माया लाग्छ। आमा बाबाको श्राध्द गर्दैनन्, देशका विभूतिलाई हेप्छन् तर तिं खैरेका भक्तिमा समर्पितछ्न्।

४) अनि नौला खालका पैशामा किनिएका र आफ्नो सनातन धर्म विरुध्दलागेका नव ईशाइ तथा मुसलमान भनाउंदा छन्। यिनको त कुरा गरि साध्य छैन। बरु पैशाको लागि वेश्याभई जीविकोपार्जन गर्नेहरु ग्राहकको चाहना वा ढिपीको गुण दोषको ख्यालगरि स्वविवेक प्रयोग गरी आचरण गर्लान्, तर यिनले कुनै एउटा किताबमा लेखेको वाक्यबाहेक अरुकुरा पत्याउंदैनन् वा पत्याउन पांउदैनन्। किनभने तिन्ले विवेक प्रयोग गरे अथवा तिन्लाई स्वतन्त्ररुपले विवेक प्रयोग गर्ने छुट भए विवेक सून्य अन्धभक्ति सम्भव छैन र सनातन धर्म जस्तो संस्कारिक, वैज्ञानिक तथा आध्यात्मिक; – हजारौं वर्षको निरन्तरता भएको, पूर्ण स्वतन्त्रता, आफ्नो चित्तबुझ्दो तर्क नभए भगवानको कुरा पनि अमान्यहुने, अथवा भगवानले पनि गल्ति गरे सजाय पाउने (इन्द्र – अहिल्या), संसार सबैको साझा हो-बसुधैब कुटुम्बकम्, – हरेक पदार्थमा भगवानको अस्तित्व स्विकार्ने, तथा यस्तो धर्म व्यवस्था जस्मा गणित, ईन्जिनियरिङ्ग, architecture, खगोल विज्ञान, चिकित्सा (आयुर्वेद) तथा विभिन्न उन्नत तन्त्रहरु (प्रविधिहरु) को अपार ज्ञानको भण्डार छ र सांथै प्रत्येक मानवमा भगवानको अंश वन्नसक्ने सम्भावना (potential) छ -तत्वमसि – धर्म व्यवस्थाका विरुद्ध लाग्न- निश्चिय पनि दिमागि हालत ठीकठाक भए सम्म असम्भव छ। त्यस्ता असत्य, अवैज्ञानिक, सैनिक शासन भन्दा कडा कट्टरनियममा बांधिनु पर्ने धर्म अंगाल्नुको बाध्यता र पीडाको के बयान गर्नु खै?

५) अहिले आएर बल्ल प्रष्टहुन थाल्यो कि, यिं माथिका अति जान्ने सुन्ने (अजासु) हरुले बहकाएर, धम्क्याएर वा बिभिन्न आन्तरिक तथा वाह्य शक्तीको प्रयोग गरेर आफ्नो क्षणिक् क्षुद्र स्वार्थको लागि देशको सनातन मौलिक व्यवस्था उखेल्न अन्तिम तगारो राजा (राजतन्त्र) भएको ठहर गरि, त्यस्लाई नहटाई आफ्नो स्वार्थ पूर्ती असम्भव देखेर पो त्यस्तो आन्दोलन गरेका रहेछन्। यतिका वर्ष सम्म चुपचाप सहेर बस्न बाध्य बहुसंख्यक जनताले यथार्थ थाहा पाएर नै १४ वर्ष पछि भए पनि आफ्नो मौलिक व्यवस्था रोज्ने साहस देखाउंदै छन्।

सबैले मान्न बाध्य हुने कुरा चांहि बिगत १४ वर्ष देखिअहिले सम्म राजाले कुनै किसिमले पनि मर्यादा भङ्ग गरेको भेटिदैन।

सायद उपरोक्त कैकेयीहरूले जे गरे ठीकै गरे क्यार। नत्र भगवान रामको मर्यादा पुरुषोत्तम चरित्र थाहा पाउन गार्हो पर्थ्यो होला। यहि अबको बाटो हो। सनातन संस्कृतिको बिरुध्द लाग्नेहरुलाइ एक चोटि ऐना हेर्न पर्यो। तपाई अजासु भएर आफ्नि ३०० वर्षकिआमालाई अमर्यादा गर्दा तपाईको मुखमा अवस्थित तिनै ३०० वर्षकि आमाको नाक लजाइ रहेछ। इति।

Leave a Comment

All rules are my rules – Inner Engineering!

एक सज्जनले केहि समुहसंग स्वर्गजाने गाडिमा टिकट book गरेर आफ्नो सीटमा बसेछन् र सहयात्रीहरूसंग रमाइलो गर्दै जांदै गर्दा कतै बाटोमा तिनलाई आफू महादेवको अनन्य भक्त भएको याद आएछ र त्यसको प्रतीकका रुपमा एउटा सर्प किनेर गलामा बेरे छ। तर सर्प भिरेर यात्रा गर्नु त्यो गाडिमा चढने नियम बिपरीत थियो, र त्यो कुरा तीं सज्जनले पालना गर्ने नियम भित्र पनि पर्थ्यो। सह यात्रीहरूको बिरोधका बावजूद उस्ले त्यो सर्प गलामा भिरि छाडेछ र आफूले कति मेहनत गरेर सह यात्रीलाई सर्पको टोकाइबाट बचाइ राखेको कुरा फुर्ति सांथ सुनाउदो रहेछ।

केहि समयपश्चात खानाखाने बेलामा सबैले आ आफ्नो टिकटमा लेखेअनुसारको खाना लिन थालेछन्। तर त्यो सज्जनले Ticket book मात्र गरेर सीटमा बसेका रहेछन्| टिकेटको अभावमा उस्ले खाना नपाउने भए पछि त्यसले निकै प्रयास गरेर गाडिवाला संग टिकेट माग्न थाले छ। तर उस्ले आश्वासन बाहेक केहि पाएन छ! बिचरा लामो यात्रा बिना कुनै खाना बेगर संहदै जांदा महादेवको आराधना गरेर कुरा लाएछ।

प्रभो म हजुरको अनन्य भक्त अनि booking गर्दा सम्पूर्ण पैसा चुक्ता गरि गाडिमा बसेको तैपनि यो गाडिवालाले मलाई भोक भोकै पार्यो, म माथि कृपा होस्।

महादेवले भने छ – वत्स! गाडिवालाले व्यापारको नियम उलंघन गरि राखेको छ र तिमिले सामाजिक नियमको। फलस्वरूप – पिडा! तिमि त केवल खाना खांदा पिडा अनुभव गर्छौ तर सहयात्री त हरेक पल पिडा भोग्दैछन्। तिमिले त तिम्रो कर्मफलको पिडा भोग्दै छौ तर अन्य यात्री तिम्रो मुर्ख्यांईको पिडा! महादेव अन्तर्ध्यान भएछन्।

Leave a Comment

अनुभूति शृङ्खला-कार्त्तिक २३, २०७७

आदर कि चाकरी?

तपाई केहि सामुहिक समारोहमा सहभागी हुन आफ्नो स्थानमा बसिरहनु भएको छ त्यहि बेला कोहि सज्जन आसन खोज्दै तपाई नजिक आउनु हुन्छ।

तपाई आफ्नो आसन offer गर्नु हुन्छ तब त्यो आदर भाव देखाउछ। तर त्यहि situation मा त्यो सज्जनलाई बस्ने व्यवस्था हुंदा हुंदै तपाई उसलाई वस्नको लागि त्यो सभामा राखिएका आसन भन्दा पृथक र आरामदायी आसन बोकेर उस्ले नबसुन्जेल त्यो सज्जनको पछि पछि हिडनु हुन्छ र उस्ले बस्न रोजेको ठाउमा राख्नु हुन्छ तव त्यो चाकरी हुन्छ। चेतनाभया!!

हालका पिर्के नेता यहि चाकरीका उपज हुन्– मन्ये अहम्॥

Leave a Comment

Do Cows Give Milk?

cows dont give milk

I bought this book little over 11 years ago in BS 2066/2/09. It was very confusing for my seven years old son then. He was doing his homework – writing about cow and “cow gives milk” was his first sentence. To add to his confusion he often overheard our milk delivery lady talk about how much milk her cow gives each morning and for how long and so on. After some explaining he came to terms that milk has to be actually extracted drop by drop. But in general terms we say cow gives milk. Fair enough!

But it also has a profound meaning and inferences can be drawn on how we learn certain things, understand and use them to solve our day to day life issues. Oftentimes we get habitual to the half-told phrases or stories and never really give them deeper look that they deserve. Maybe cows give milk or don’t give milk is so simple and straightforward thing that it is hardly a subject of serious intellectual pondering.

Generally, intellectual appearing folks have developed a habit of using jargons that are difficult to grasp. Followed by a set of tools, matrix, or indicators to do things that do not even require any tools in the first place. One who can make these elements more complex and confusing, better Guru he is and paid higher as well. Therefore, simple meaning phrases usually don’t appeal to them.

In the rush of the rat race most of us take shortcuts and happily copy and follow and copy and follow again such folks to suit or changing needs only to get in trouble later. Unfortunately, due to the simplicity of it’s appearance such basic knowledge in its incomplete form, is often used by all of us in dealing with very complex and real life situations. Overtime some of us even forget the subsequent lines and use the only first popular part. This is where the problem lies.

Consider a popular saying in Sanskrit “अहिंसा परमो धर्मः। धर्म हिंसा तथैव च॥” which means “Non violence is ultimate Dharma (duty). So too is violence in service (protection or following)of Dharma“. When only first part is considered it would mean someone to follow complete non violence even if it means becoming a victim himself. But if both parts are considered simultaneously one can also be inspired to protect his Dharma in case of intrusion from undesirable sources.

This is what many Indians today debate about how Mahatma Gandhi led or misled them during their independence movement or during partition of the country afterwards. Dots left unconnected or fine prints forgotten in the glamour of the day! Personally, I tend to think it is perfectly fine in our Sanata Dharma where even the God is also questioned until a satisfactory answer is provided.

So what has glamour to do with the dots left unconnected in general? Glamour as I understand is a quality that makes something attractive. It applies to professions, works, Jobs, or wealth and so on. As many people say film industry is glamorous. True as it appears to be. But most of us would not know or even imagine what it takes to live that glamour in day to day life.

Here I am reminded of an article published in a popular daily in India titled “Do you want to build a bridge or inaugurate it?” It was circa 1993 I heard about this news story alluding to the increasing number of graduates from Indian Institute of Technologies (IITs) opting to work and settle in the US. Those who stayed back also opted for the Indian Administrative Service (IAS) rather than looking for careers in Engineering. It discussed a case of brain drain sponsored by the government.

Getting into IITs itself has always been a glamour par excellence not to mention what a pay cheque they can be offered after the graduation. A vital means to almost all material glamour for some at least. Many students in engineering who could not qualify for IITs in the first or second attempt opted for other colleges but continued pursuing their IIT dream. I had a friend in my first year who quit AMU for IIT after a year.

Likewise, I heard many more stories from my colleagues and acquaintances from India over the years that Bihar produced most IAS officers than any other state in India. The reasoning often given is that the rate of dowry for an IAS was the highest among all other jobs. Though I don’t know for sure but it sounds convincing given the situation of dowry once was there.

Wearing a different hat, both these scenarios can also be debated like the glamour of becoming an IAS officer is akin to becoming a pricy price tag item of a man bought over by the girl he is marrying for life. Likewise, for graduating with flying colours from IITs and leaving your family, friends, or heritage behind for the glamour of living an American dream as one of the most qualified man sold to America at the price of a serious national loss!

However, it is a very simplistic analogy of glamour I can think of. Maybe this is a completely wrong expression or a very extreme thought that was recorded in real time. Flow!

But when I dive into it a little deeper from the status and responsibility perspective, I see glamour for some people is in mere seeking or securing coveted job positions paid or unpaid. While for others it is about undertaking works and delivering results that have potential of transforming lives and landscapes and becoming role models for others and the future generations.

My simple understanding of job and work is as follows.
JOB: synonyms: position of employment, position, post
WORK: synonyms: labor, toil, exertion, effort

While Job and work are interrelated much like “Cows Don’t give milk, it has to be extracted drop by drop” or “अहिंसा परमो धर्मः। धर्म हिंसा तथैव च॥”. Only job or work is incomplete to say the least. If you have a job or a position of an authority you are expected to work and put enough effort to accomplish what is expected of that given position. But if you considered title position is of the higher order in glamour and ignore your responsibility of accomplishing what is expected of your position then you will miss the whole point or even qualify for the punishment.

to put the case in Nepalese perspective just give a minute to yourself and see all position holding politician of our time in Nepal. Likewise, most of the businessmen, rights champions, Administrators or Judiciary, so called development agencies, people in multilaterals, associations and unions of all kinds (Schools, colleges, students, employees, lawyer, doctors, and engineers), universities, financial institutions, cooperatives, honorary consuls, or even the neighbourhood communities. Everywhere everyone (with exceptions of course!) is after the coveted positions of employment or authority just to massage their inflated egos or for their own personal gains.

A case in point is one of Mr. Sulav Agrawal- Honorary Consul of Kyrgystan in Nepal and Executive director of a fairly large business organization who undermined his position and used his Blue plated vehicle (only given to diplomatic missions!)to avoid police checking, screening or frisking and blackmarket thermal guns at the height of COVID-19.

Similarly, one can see and feel sorry for the state of the state where each member of a particular family is a consul of one country or the another just because they are rich. Can anybody explain what have they contributed by holding their positions except getting VIP passes and special treatment among us all? Is it because they have not learnt their responsibilities? Not at all. They are the people who have the best of everything as available here and what any other privileged person can afford elsewhere.

While it paints a very grim and sorry picture of our country there are those minority exceptions in all fields but they are limited to be exceptions. Imagine a forbes listed Billionaire is nowhere in the ranks of highest tax payers or even in terms of good governance in his conglomerate as it is called. But a media shy businessman who has been on the top of the list both for being highest taxpayer for many consecutive years and best corporate practices within his businesses would quietly donate fortune to a humanitarian organization and ask for no photo ops!

Dharma Adharma, positions and responsibilities, and glamour of position and work, delivering on promises and expectations, being a role model in one’s own small way are not only for those few select ones in the society. It’s for all of us at every level of society ranging from a small household, a society of few households, or a small start up, or mid sized company or a public limited, multinational company or lowest level of administration to any of the highest order of national or international stature. If you wish to be there you must ensure to leave no stone unturned to deliver what is expected of you. Then only you can get the real nourishment from the cow milk.

Leave a Comment

Older Posts »